देश

सुर्खेत अस्पतालमा उपचाररत ३१ कोरोना संक्रमित निको भए, आज घर जाँदै 

सुर्खेत, २९ जेठ-प्रदेश अस्पताल सुर्खेतमा उपचाररत कोरोना संक्रमित ३१ जना आज (बुधबार) निको भएर घर फर्किन लागेका छन् । प्रदेशबाट विभिन्न जिल्लाका कोरोना संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार घर पठाउन लागिएको हो ।

अस्पतालमा उपचाररत ३१ नेगेटिभ रिपोर्ट आएको उनीहरूलाई घर पठाउन लागिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले बताए । ‘पहिलो पटक ओइसोलेनमा उपचारत घर फर्किसकेका छन्’ उनले भने,‘आज दोस्राे  पटक ३१ जना संक्रमित उपचारपछि निको भएर घर जाँदै छन् ।’

Featured