काठमाडौं, २९ जेठ-कुवेतबाट नेपालीलाई लिएर आएको दोस्रो विमान पनि काठमाडौंमा अवतरण गरेको छ । विभिन्न कारणले अवैधानिक बनी आममाफी पाएर घर फर्किएका नेपाली महिला लिएर आएको दोस्रो जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा १२ः१४ मा अवतरण गरेको हो ।
जजिरा एयरलाइन्सको उक्त विमानमा १ सय ३९ जना नेपाली महिला रहेको विमानस्थल कार्यालयले जनाएको छ । यसअघि सोही एयरलाइन्सको अर्को विमानले पनि नेपाली महिलाहरूलाई काठमाडौं छाडेर फर्किएको थियो । ११:३६ ल्याण्ड गरेको विमानमा १ सय ६१ जना महिला थिए । योसहित कुवेतबाट ३ सय नेपाली महिला स्वदेश फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस