विदेश

कोरोना प्रसारमा मौसमको असरबारे प्रमाण छैन : डब्लुएचओ

Michael Ryan, left, Executive Director of WHO's Health Emergencies programme, sitting next to Tedros Adhanom Ghebreyesus, right, Director General of the World Health Organization (WHO), addresses a press conference about the update on COVID-19 at the World Health Organization headquarters in Geneva, Switzerland, Monday, Feb. 24, 2020. (Salvatore Di Nolfi/Keystone via AP)

एजेन्सी, जेठ २९-विश्व स्वास्थ्य संगठन (डब्लुुएचओ) ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको प्रसारमा असर गर्नेबारे अत्यन्तै कम प्रमाण रहेको बताएको छ ।

‘हामी मौसम परिवर्तन या तापमान वृद्धिले कोरोना भाइरसको असर कस्तो हुन्छ भनेर भरोसा गरेर बस्ने आधार छ्रैन,’ डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले भने, ‘अहिलेसम्म हामीसँग मौसम परिवर्तनले भाइरस थप खतरनाक हुने र फैलिने हुन्छ या हुँदैन भन्ने कुनै तथ्यांक छैन ।’

महामारीको सुरुमा गर्मी सुरु भएपछि संक्रमणको दरमा कमी आउने विश्वास लिइएको भएपनि हालसम्म कोरोना भाइरस संक्रमण दर तीव्र गतिमा छ ।

रायनले वैश्विक रुपमा नै पीपीई किट कमी भइरहेको पनि बताए । उनले भने, ‘केही देशमा स्वास्थ्य सुविधाको अवस्था अत्यत्नै खराब रहेको र त्यहाँको अवस्था वास्तममै चिन्ताजनक छ ।’

डब्लुएचओले पृथ्वीको दक्षिणी ध्रुवमा जाडो याम सुरु हुँदा भाइरसको प्रसारमा कस्तो असर पर्छ भन्ने स्पष्ट नरहेको बताए । उनले मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन सुझाव दिएका छन् ।

Featured