शिक्षा

तालाबन्दी खुलाउन पहल नगरी उपकुलपतिको टोली कोरिया भ्रमणमा

काठमाडौँँ, भदौ १ काठमाडौं विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन पहल नगरि उपकुलपति सहितको टोलिले दक्षिण कोरियाको भ्रमणमा जाने तयारी गरिएको छ। प्राध्यापक र कर्मचारीहरुले तालाबन्दी गरेको एघारौं दिन पुगेपनि त्यसको समाधानका लागि कुनै पहल नभई टोली विदेश भ्रमणमा आइतबार जान लागेको। ताला खुलाउन पहल नगरी उपकुलपति रामकण्ठ माकाजु नेतृत्वको टोली आइतबार दक्षिण कोरिया भ्रमणमा जाँदै छ।

तालाबन्दी खुलाउन पहल नगरी विदेश भ्रमणमा व्यस्त भएको भन्दै आन्दोलनरत कर्मचारीहरुले विरोध गरेका छन्। विश्वविद्यालयका एक कर्मचारीले सामान्य कार्यक्रमका लागि पनि तालाबन्दी खुलाउन पहल नगरी केही विभागीय प्रमुखहरु विदेश यात्रामा जान लागेको प्रति आपत्ति जनाए।

विश्वविद्यालयले आफूहरुसँग बिभिन्न समयमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै आन्दोलनरत प्राध्यापक तथा कर्मचारीहरुले विश्वविद्यालयमा ११ दिनदेखी तालाबन्दी गरेका छन्। उनीहरुले परीक्षामा पनि सहभागी नहुने निर्णय गरेपछि काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरुलाई नै गार्ड राखेर अन्डर ग्राजुयट लेभलको फाइनल परीक्षा लिएको थियो।

आन्दोलनरत प्राध्यापक तथा कर्मचारीले विश्वविद्यालयको अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरुको छिटो छानविन गर्नुपर्ने, विश्वविद्यालयमा कार्यकारी परिषदमा रिक्त शिक्षक प्रतिनिधिमा प्राध्यापकहरुले सिफारिस गरेको व्यक्ति नियुक्त गर्नुपर्नेलगायतका माग राखेका छन्।

Featured