देश

कोभिड-१९ नियन्त्रणको खर्चमा दुरुपयोग हुनै सक्दैन भनेर दाबी गर्दिनँ : प्रधानमन्त्री

काठमाडौं, २८ जेठ-प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस संक्रमणका नाममा दुरुपयोग भएको छैन भन्न नसक्ने बताएका छन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले दुरुपोग भएकै छैन भनेर एकिनसाथ भन्न नसक्ने उनले जवाफ दिएका हुन् ।

‘अहिले हामीसँग पैसाको अभाव छ । दुरुयोग भयो कि भन्ने, म यसो भन्न सक्निदनँ कहिँकतै भएको हुँनै सक्दैन भनेर पनि म त्यो दाबी गर्दिनँ’ उनले भने ‘तर, भएको छ भनेर सोच्नु पर्ने स्थिति म देख्दिनँ, मेरो भनाइ त्यति नै हो ।’

राष्ट्रिय संकट जटिल परिस्थितिका बेला बेला आपदविपद्का बेला भ्रष्टाचार गर्छ भने त्यो सह्य हुन नसक्ने उनले बताए । सरकारले सार्वजनिक गरेको कोरोना भाइरस निन्त्रणमाको खर्च विवरणमा अस्वाभाविक भएको भन्दै संसदमा आवाज उठिरहेका बेला प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले अहिले खर्चको हिसाबकिताब भन्दा पनि कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा केन्द्र हुनुपर्ने धारणासमेत राखेका छन् । उनले खर्चको हरहिसाब पारदर्शी रहेको पनि उद्धघोष गर्दै राष्ट्रपति समक्ष पेस गरेको वार्षिक खर्च प्रतिवेदन सांसदमा पनि आइसकेको जानकारी गराएका छन् ।

Featured