देश राजनीति

संसदलाई प्रधानमन्त्रीको जवाफः बजेट कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित छ 

काठमाडौं, २८ जेठ-प्रधानमन्त्री केपी ओलीले क्वारेन्टाइनमा राख्न आवश्यक जग्गा र रकम व्यवस्थापनमा सरकारले कुनै कमजाेरी नगर्ने बताएका छन् । संसदमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री ओलीले क्वारेन्टाइन व्यवस्थित बनाइने प्रतिवद्धता जनाए ।

उनले रोगविरुद्ध पूर्वतयारी नभएका कारण केही कमजोरी भएको भन्दै अहिले राम्रो तयारी भइरहेको बताए । यो सरकार र सत्ताधारी दल र सरकारको मात्र विषय नभएकाले साझा पहल कोरोनाविरुद्ध लड्न आवश्यक रहेको उनको भनाइ छ ।

बजेटमा कोरोनालाई बेवास्ता गरिएको भन्ने विषय सही नभएको उनको भनाइ छ ।  बजेट स्वास्थ्य र त्यसमा पनि कोरोना समाप्त पार्नेमा केन्द्रित रहेको उनको भनाइ छ ।

Featured