देश

कर्णाली नदीमा टिपर खस्दा ४० जना वेपत्ता

काठमाडौं, २८ जेठ-कालिकोट जिल्लाको कर्णाली काेरिडोरअन्तर्गत लालीघाट बजार नजिकबाट जाँदै गरेको टिपर दुर्घटनामा परेको छ । टिपर कर्णाली नदीमा खसेको हो ।

टिपर कर्णाली नदीमा खस्दा करिब ४० जना बेपत्ता भएको चेम्बर अर्फ कमर्शका कालिकोटका अध्यक्ष हस्तबहादुर बमले बताए । उनका अनुसार टिपरमा भारतका विभिन्न ठाउँबाट आएका व्यक्तिहरू सवार रहेका थिए ।

उनीहरू कहाँकहाँका हुन् भन्ने खुलेको छैन । उनीहरूलाई सीमाबाट उद्धार गरेर क्वारेन्टाइनमा राख्नका लागि लिएर जाँदै गरिएको बताइएको छ ।

Featured