देश

रुपन्देहीमा बन्चरो प्रहार गरी छोराको हत्या

बुुटवल, जेठ २८-घरेलु हतियार प्रहार गरी रुपन्देहीको कञ्चन गाउँपालिमा बाबुुले आफ्नै छोरोको  हत्या गरेका छन । जिल्लाको कञ्चन गाउँपालिका-१ कुुचेराका रिमबहादुुर कुुमालले घरमा सुुतिरहेको अवस्थामा १५ वर्षीया छोरोलाई बन्चरो प्रहार गरी हत्या गरेको बताईएको छ ।

कुमालले उनको मुख, घाँटी र टाउकोमा प्रहार हत्या गरेको प्रहरीले बताएको छ । घरको छतमा सुुतिरहेका सुुदीपलाई कुमालले एक्कासी बन्चरो प्रहार गरेका थिए ।

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्पेक्टर कमल परियारले घटनामा संंलग्न रिमबहादुुरलाई पक्राउ गरेको जानकारी दिए । घटना बुुधबार बिहान साढे १ बजेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको  परियारले  बताए । रिमबहादुुरले हत्यामा आफू संलग्न भएको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । सुुदीपको बिहान ३ बजे लुुम्बिनी प्रादेशिक अस्पताल बुुटवलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

Featured