विदेश

ब्राजीलद्वारा कोरोना तथ्यांक पुनः राख्न सुरु

एजेन्सी, जेठ २८-ब्राजीलले कोरोना भाइरस संक्रमित र कोभिड–१९ बाट मृत्यु हुनेको तथ्यांक पुनः जोड्न सुरु गरेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई कोरोना भाइरसको तथ्यांक पारदर्शी ढंगले सार्वजनिक गर्न आदेश दिएको थियो ।

दुई दिनअघि ब्राजीलको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटबाट कोरोना बिरामीसँग सम्बन्धित तथ्यांक हटाइएको थियो । यो घटनालाई लिएर ब्राजीलको आलोचना भइरहेको थियो । ब्राजीलको स्वास्थ्य विभागले तथ्यांक हटाउनुका साथै आगामी दिनमा कोरोना भाइरस संक्रमितको तथ्यांक जारी नगर्ने घोषणा गरेको थियो ।

Featured