देश

विद्युत प्राधिकरणको सेयर जनतालाई दिने सरकारको तयारी

काठमाडौं, भदौ १–सरकारले नेपाल विद्युत प्राधिकरणको सेयर जनतालाई दिने तयारी गरेको छ। सरकारले नेपाल विद्युत प्राधिकरणलाई पब्लिक कम्पनी बनाउने भएपछी जनताले सेयर पाउने भएका हुन्। प्राधिकरणलाई पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई सेयर दिने तयारी सरकारले गरेको हो ।

उर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणलाई पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई सेयर दिने गृहकार्य अगाडि बढेको जानकारी दिए। उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरण ऐनलाई संशोधनको प्रक्रिया शुरु गरेको छ। सो ऐन संशोधन भएर आएपछि प्राधिकरण कम्पनी ढाँचामा रुपान्तरण हुनेछ।

प्राधिकरणले करिब २ वर्ष अगाडि आफ्नो वित्तीय पुनसंरचना योजना पारित गरेको थियो। सोही योजना अनुसार प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणलाई विक्री गर्ने सरकारी तयारी हो।

प्राधिकरणको कार्यकारी निर्देशक हुनुअघि कुलमान घिसिङ प्राधिकरणकै सहायक कम्पनी चिलिमे जलविद्युत आयोजनाको प्रमुख थिए। चिमिलेमा सफलतापूर्वक काम गरेपछि नै उनलाई प्राधिकरणको नेतृत्व दिइएको थियो। प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनामा सर्वसाधारणको लगानी पनि छ। माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन, मध्यभोटेकोशी जस्ता आयोजनामा सर्वसाधारणको सेयर छ।

आर्थिक वर्ष २०७४र७५ मा २ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको प्राधिकरणले २०७५र७६ मा नाफालाई १४९ प्रतिशतले वृद्धि गरी ७ अर्ब २० करोड रुपैयाँ पु¥याएको छ । प्राधिकरणले आव २०७५र७६ मा सरकारको ढुकुटीमा १ अर्ब रुपैयाँ, विगतका वर्षको ब्याजसमेत १३ अर्ब १६ करोड रुपैयाँ र रोयल्टीबापत १ अर्ब ४४ करोड रुपैयाँ गरी १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ ।

यस्तै चुहावट घटाउनेतर्फ पनि प्राधिकरणले उल्लेख्य सफलता हासिल गरेको छ । आव २०७२र७३ मा कूल चुहावट २५.७८ प्रतिशत रहेकामा ३ वर्ष्भित्र १०.४६ प्रतिशतले घटाई १५.३२ प्रतिशतमा सीमित गर्न सफल भएको छ । प्राधिकरणको सञ्चित घाटा भने अझै १५ अर्ब रुपैयाँको हाराहारी रहेको छ । सरकारलाई उक्त घाटाको अपलेखन गरिदिन प्राधिकरणले आग्रह गर्दै आएको छ । यो घाटा अपलेखन भएपछि सर्वसाधारणलाई सेयर विक्री गर्ने तयारी प्राधिकरणको हो ।