देश राजनीति

नेकपा सचिवालय बैठक फेरि स्थगित

काठमाडौं, २७ जेठ -सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने भनेको सचिवालयको बैठक पुनः स्थगित गरिएको  छ । आज संविधान संशोधनको प्रस्ताव संसदमा पेस हुने भएकाले बैठक स्थगित भएको बताइएको छ ।

आज बस्ने सचिवालय बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गरी निर्णय गर्ने गृहकार्य थियो । नेकपामा एमसीसीबारे लामो समयदेखि विवाद रहँदै आएको छ । उक्त विवादबारे आजको सचिवालयले निर्णय गर्ने अनुमान गरिएको भए पनि अन्तिम समयमा आएर बैठक नै स्थगित भएको छ ।अध्यक्षले बैठक बस्न नसकिने बताएपछि मंगलबार बैठक बस्छ भन्दै आएका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठक बस्ने कार्यतालिका नै नरहेको प्रतिक्रिया दिएका छन् ।

Featured