देश

प्रहरीद्वारा प्रेमिकाकै कोठामा गएर आत्महत्या

काठमाडौँ, भदौ १–प्रेमिकाकै कोठामा गएर एक प्रहरी जवानले आत्महत्या गरेका छन्। स्वयम्भूको ठूलोभर्याङ स्थित एक घरमा प्रहरी जवान शंकर ठगुन्नाले झुन्डिएर आत्महत्या गरेका हुन्।

महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकरले सलको पासो लगाएर झ्यालको रडमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। किन प्रेमिकाको घरमा आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान भाइरहेको प्रहरीको भनाइ छ्। उनको शब आइतबार बिहान झुन्डिएको अवस्थामा फेला परेको हो।