काठमाडौं, २६ जेठ-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुसँग चर्को भाडा नलिएको स्पष्ट पारेका छन् ।महासंघ र उनको नाम जोडेर यात्रुसँग चर्को भाडा असुलेको समाचार बाहिर आएपछि महासचिव सिटौलाले स्पष्ट पारेका हुन् ।
‘महासंघ र मेरो नाम जोडेर समाचार आएको रहेछ,’ सिटौलाले भने, ‘रातभर म गाडी रोक्नमा खटिएको छु । ट्राफिक प्रहरीलाईसमेत जानकारी गराएको छु । कहाँबाट चर्को भाडा लिनु ?’ अहिलेको विषम परिस्थितीमा अहोरात्र खटेर यात्रुको सेवामा खटिएको उनले बताए ।
‘कोरोना महामारीमा यात्रुको सेवामा खटिएको छु,’ उनले भने, ‘यस्तो समयमा विचल्लीमा परेका नागरिकलाई गन्तव्यस्थलसम्म पुग्नका लागि सरकारी निकाय तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा सहजीकरण गर्दै आएको छु ।’
प्रतिक्रिया दिनुहोस