विदेश

जम्मु र काश्मिरमा ९३ जना आतंककारी मारिएको दाबी

एजेन्सी, जेठ २६-भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा पछिल्लो ६ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले सो क्षेत्रमा गएको६ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको बताएको थियो ।

त्यस क्रममा ती आतंककारी मारिएका र त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको भारतीय सैनिक स्रोतले जानकारी दिएको हो ।

पछिल्लो दुई दिनमा मात्र सो क्षेत्रमा भारतीय सुरक्षा निकायले गरेको कारबाहीमा नौ जना आतंककारी मारिएको पनि बताइएको छ । यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ ।

ती आतंककारी भारतीय तथा विदेशी समेत रहेको पनि सो समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन् ।

Featured