देश

नाबालक छोरी बलात्कार गर्नेलाई जन्मकैदको फैसला

चितवन, २५ जेठ-चितवनमा आफ्नै छोरी बलात्कार अभियोग लागेका १ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कालिका नगरपालिकाका ति व्यक्तिलाई छोरी बलात्कार अभियोगमा आइतबार चितवन जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

श्रीमती वैदेशिक रोजगारीमा रहेकाे अवस्थामा आफूसँगै बस्दै आएकी नाबालिका छोरीलाई रक्सी खुवाएर पटकपटक बलात्कार गरेपछि बालिका अध्ययनरत विद्यालयका शिक्षकको सहयोगमा प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीपछि बलात्कार आरोप लागेका ति व्यक्तिलाई पक्राउ गरिएको थियो । बालिकाको बयान र स्वास्थ्य परीक्षणको प्रतिवेदनको आधारमा जिल्ला न्यायाधीश हेमन्त रावलको ईजलासले आज ति पुरुषलाई जन्मकैदको फैसला सुनाएको हो । आजै उनलाई कारागार कार्यालय भरतपुर चितवनमा कैद सजाय भुक्तान गर्न पठाइएको समेत अदालतले जनाएको छ ।

Featured