राजनीति

नेकपाको सचिवालय बैठक आज फेरी बस्दै

काठमाडौँ, भदौ १–शनिबार स्थगित गरिरएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपराहन्न बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठलले विभिन्न कमिटीहरुलाई पुर्णता दिने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

त्यस्तै बैठकले पार्टीका केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका निर्णय गर्ने जनाइकको छ। यसअघि शनिबारका लागि बैठक तय भए पनि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो।

३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँट गरेर एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाले सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठनलगायतको एकता पूरा गर्न अझै बाँकी छ। त्यसैगरी जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम पनि बाँकी छ।

वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालको वरीयता निर्धारणबारे पनि बैठकमा छलफल हुन सक्ने नेताहरुले बताएका छन्। यी दुईमा को वरिष्ठ भन्ने विवाद नेकपा गठन भएयता रहँदै आएको छ। दुवै नेताले वरीयतामा आफू अगाडि हुनुपर्ने दाबी गर्दै आइरहेका छन्।

Featured