देश

बजार खुलेकै दिन तोलामा १० हजारले बढ्यो सुन

काठमाडौं, २५ जेठ-लकडाउनले बन्द भएको सुनचाँदिको कारोबार खुलेको पहिलो दिन नै १० हजारले मुल्य बढेको छ । आइतबारबाट कारोबार खुलेका बजारमा छापावाला सुन प्रतितोला ८७ हजार ४ सय र तेजावी सुन प्रति तोला ८६ हजार ९ सय ६० रुपैया तोकिएको हो । लकडाउन पूर्व सुन प्रतितोला ७७ हजारको हाराहारीमा थियो ।

सुनचाँदि व्यवसायी महासंघले विज्ञप्ती निकालेर सरकारले बजेटमार्फत सुनको भन्साद दर थप गर्नुको साथै अन्तराष्ट्रिय बजारमा पनि सुन महंगिएको जनाएको छ ।

७३ दिन सम्म बन्द भएको सुनको कारोबार आइतबार खुल्दा मुल्य बढेको हो । त्यस्तै चाँदी भने २ सय रुपैयामा मात्रै बढेको छ । महासंघका अनुसार आइतबार चाँदी को मुल्य प्रतितोला ९ सय २५ रहेको छ ।

Featured