विदेश

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो, रुसमा मात्र ५ हजार ७ सय २५ को मृत्यु

मस्को, जेठ २४–विश्वमा कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरको तथ्यांकका अनुसार नेपाली समय रातको १२ बजे सम्ममा विश्वमा कोरोना संक्रमणबाट ४ लाख १ सय २६ जनाको मृत्यु भएको छ ।

हाल सम्म विश्वमा ६९ लाख २० हजार १ सय ४३ जनाका संक्रमण पुष्टि भएकोमा ३३ लाख ८८ हजार २ सय ८६ जना निको भएर घर फर्किएका छन् । जस मध्ये ३१ लाख ३१ हजार ७ सय ३१ जना उपचाररत छन् । ५३ हजार ५ सय ९८ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको जनाइएको छ ।

त्यसैगरी रुसमा मात्र ४ लाख ५८ हजार ६ सय ८९ जनामा कोरोना संक्रमण देखिएकोमा ५ हजार ७ सय २५ जनाको मृत्यु भएको छ । २ लाख २१ हजार ३ सय ८८ जना निको भएर घर फर्किएका छन् । रुसमा अहिले २ लाख ३१ हजार ५ सय ७६ जना उपचाररत रहेको स्थानीय सञ्चार माध्यामहरुले जनाएका छन् ।

Featured