देश

मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३०  कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् ।

गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अस्पतालका ६ चिकित्सक, १२ जना नर्स, ११ जना हेल्पर र १ जना ल्याब स्टाफ क्वारेन्टाइनमा बस्न सुरू गरेका हुन् ।

‘गर्भवती महिलाको अपरेसन अगाडि गरिएको पीसीआर टेस्टको रिपोर्ट आज पोजिटिभ आएको जानकारी भएको हुनाले मध्युपुर थिमी नगरपालिका, महानगर प्रहरी वृत, मध्यपुर थिमी तथा सीसीएमसीको टोलीसँग बैठक बसेर कन्ट्रयाक्ट ट्रेसिङ भइसकेकोसमेत जानकारी गराउँछौँ’, अस्पतालकी मेडिकल डाइरेक्टर डा. रविना प्रधानाङ्गद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमणको सुरूका दिनदेखि निर्मलीकरणमा ध्यान दिएकाले ओपीडी, इमरजेन्सी तथा आइसयिू सेवा सुचारु नै रहने अस्पातलले जनाएको छ ।

Featured