देश

सुनको मूल्यमा गिरावट, ७१ हजारमा कारोबार

काठमाडौं, भदौ १–साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ रु ५०० ले घटेर ७१ हजारमा कारोबार भएको छ।

शुक्रबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार ५०० घटेर ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ। यस्तै चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ।