देश

आज थपिए ३२३ कोरोना संक्रमित, देशभर ३ हजार २३५ जनामा संक्रमण पुष्टि

काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । शुक्रबार २ जनामा ७८ जनामा कोरोना संक्रमण देखिएकोमा शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय ८६ पुरुष र ३७ जना महिला रहेका छन् । योसँगै देशभर संक्रमित हुनेको संख्या ३ हजार २ सय ३५ पुगेको छ । जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन्

पछिल्लो विवरण अनुसार कोरोनालाई जितेर विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका छन् । देशभरबाट कुल ३ सय ६५ जना डिस्चार्ज भएका छन् । जसमध्ये २ सय ९९ जना पुरुष रहेक छन् भने ६६ महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार शनिबारसम्म पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ नुमना परीक्षण गरिएको छ । १ लाख ३७ हजार ४ सय ३५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

२४ घण्टाको अवधिमा ४ हजार १ सय ११ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ५ हजार ५ सय ७० जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । १ लाख ६८ हजार १ सय ३१ जना देशभरका विभिन्न स्थानमा रहेका क्वारेन्टाइन रहेका छन् ।

Featured