देश

काेराेनाका कारण डाेल्पामा एकजनाकाे मृत्यु

काठमाडाैं, २४ जेठ-डोल्पामा मृत्यु भएका एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनका अनुसार जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि थ्रोट स्वाब आरटी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हाे ।

उनी १८ जेठमा अन्य १२ जना साथीसँग गाडी चढेर सुर्खेतबाट डोल्पा पुगेका थिए । घरमा बसिरहेका उनकाे २० गते मृत्यु भए पनि २२ जेठमा मात्र स्वाब संकलन गरेर परीक्षणका लागि जुम्ला पठाइएको थियो। याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १२ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Featured