विदेश

काेराेनाविरुद्ध २० लाख भ्याक्सीन तयार : अमेरिका

एजेन्सी, जेठ २४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेभिड-१९ संक्रमणबाट बच्नका लागि आफ्नो देशले २० लाख भ्याक्सीन बनाएकाे दाबी गरेका छन् । भ्याक्सीन प्रयाेग गर्नका लागि तयार भइसके पनि वैज्ञानिकबाट प्रमाणित हुन बाँकी रहेकाे उनकाे भनाइ छ ।

ट्रम्पले शुक्रवार भएकाे पत्रकार सम्मेलनमा यस्ताे दाबी गरेका हुन् । उनले भ्याक्सीन तयार भएकाे बताए पनि याे कति सुरक्षित छ भन्ने कुरा परीक्षण गर्न बाँकी रहेकाे बताए ।

यद्यपि, ट्रम्पले याे भनेनन् कि उनी कुन कम्पनी वा कुन विशेष भ्याक्सीनकाे कुरा गरिररहेका छन् । भ्याक्सीन कहिलेदेखि प्रयाेगमा ल्याउने भन्ने विषयमा पनि उनले केही खुलाएनन् ।

Featured