देश

सुदूपश्चिममा संक्रमितको संख्या ९२ पुग्यो

डडेल्धुरा, २३ जेठ-सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ ।

कोरोना संक्रमितमध्ये ५ जना डडेल्धुराका र १ जना कैलालीका रहेका छन् । कोरोना संक्रमित देखिनेमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ का ३८ र १७ वर्षका पुरुष, वडा नम्बर २ का २४, १९ र ५७ वर्षका पुरुष रहेका छन् भने कैलालीको जानकी गाउँपालिका–७का १६ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि सुदूरपश्चिममा बिहीबार ५ जनामा कोरोना पुष्टि भएको थियो । बिहीबार कैलालीको फूलवारीकी २२ वर्षीया युवती र २६ वर्षीय पुरुष, कैलालीकै घोडाघोडी नगरपालिकाका–११ का ३२ वर्षीय पुरुष, अछाम साँफेवगरका २९ वर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।

तेस्तै बुधबार ८ जना कोरोनामा पुष्टि भएको थियो । बुधबार डोटीको पूर्वीचौकी गाउँपालिका ४ की ४५ वर्षीय महिला, २७ वर्षीय पुरुष र  २२ वर्षीय पुरुष, पूर्वीचौकी गाउँपालिका–४ का २२ वर्षीय र पूर्वीचौकी गाउँपालिका–७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो भने धनगढी उप–महानगरपालिका–५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

Featured