देश मनोरंजन

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौं, २२ जेठ-चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाललाई नियुक्त गरिएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बोर्ड अध्यक्ष बन्नका लागि १० जनाले आवेदन दिएकोमा दयारामसहित भुवन केसी र राजेश थापाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो ।

Featured