देश

जुम्लामा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु

सुर्खेत, २३ जेठ-जुम्लामा बिहीबार राती क्वारेन्टाइनमा बसेका १ वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपी ढुस्का माध्यमिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार मृतक गत बुधबार बाहिरबाट आएको खुलेकाे छ । डिएसपी धामीका अनुसार मृतकको स्वाब संकलनका लागि कर्णाली प्रतिष्ठानको टोली त्यहाँ जान लागेको छ ।

Featured