देश

सत्य निरूपण आयोगले अनियमितता गरेको खुलासा

काठमाडौँ, भदौ १-द्वन्द्वकालमा भएका घटनाहरूको छानबिन गरी सत्य बाहिर ल्याएर पीडितलाई न्याय दिने जिम्मेवारी पाएको आयोगले नै अनियमिता गरेको खुलासा भएको छ। आयोगले पहिलो कार्यकालको चार वर्षमै ४ करोड ४६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

आयोग कामै नसकी विघटन भइसकेको छ। विघटित आयोगले गाडी, टीभी, ल्यापटपलगायत सामग्री खरिद तथा जिल्ला–जिल्लामा गरिएका कार्यक्रममा भत्ता वितरणलगायत शीर्षकमा ठूलो अनियमितता गरेको छ ।

सूर्यकिरण गुरुङ नेतृत्वको आयोगले तौलिया, थर्मस, पेनड्राइभ, रेनकोटलगायतमै २० लाख ५८ हजार ५६५ रूपैयाँ खर्च गरेको छ। आयोगले १ लाख ५५ हजारको थर्मस, ३७ हजारको पेनड्राइभ, ५५ हजारको तौलिया, ५८ हजार ५०० को रेनकोट, ४ लाख ८८ हजारको टोनर, २२ हजारको छातालगायतका सामग्री किनेको छ ।

महालेखाको प्रतिवेदनअनुसार आयोगले गाडीभाडा भुक्तानी, ल्यापटप र टिभी खरिद, जिल्ला सदरमुकाममा गोष्ठी गर्दा कार्यालय प्रमुख, कर्मचारी र सुरक्षाकर्मीलाई यातायात खर्च भुक्तानी, सुरक्षा पोस्ट भवन निर्माणलगायतमा अनियमितता भएको छ। महालेखाले आर्थिक कार्य्विधि नियमावली ०६४ को नियम ९५ बमोजिम आन्तरिक नियन्त्रण प्रणालीअनुसार आयोगमा काम नै नभएको औंल्याएको छ ।

यता द्वन्द्वपीडितले भने कमै नगरि आयोगले गरेका खर्चमाथि छानबिन गर्न माग गरेका छन्। महालेखाले करोडौं रकम बेरुजु देखाएपछि उनीहरूले छानबिनका लागि संसदको सार्वजनिक लेखा समितिमा उजुरी दिएका हुन्।

Featured