देश

मंगलबार सम्म वर्षाहुने मौसम पूर्वानुमान महाशाखाको अनुमान

काठमाडौँ, भदौ १ आज (आइतबार) देखि तीन दिन अर्थात् मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनबाएको छ। महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली रही पूर्व र पश्चिमका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

यस्तै दिउँसो पश्चिमका धेरै र पूर्व र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसति मध्यमसम्म वर्षा हुने सम्भवना छ । साथै पश्चिम तथा पूर्वका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा पनि अपराह्नपछि मध्यम खालको वर्षा हुने संम्भावना छ ।

महाशाखाको २४ घण्टे चेतावनी
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ ‘देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने संम्भावना रहकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’ ‘देशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ महाशाखाको सूचनामा भनिएको छ ‘जसले गर्दा सडक यातायातमा पहिरोर भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले पहाडी भू–भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।’