खेलकुद विदेश

स्पेनिस ला लिगामा रियलको विजयी सुरुवात

काठमाडौं, भदौ १-स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ। शुक्रबार राति सिजनको पहिलो खेलमा सेल्टा भिगोलाई ३–१ ले पराजित गर्दै रियलले विजयी सुरुवात गरेको हो।

खेलपछि प्रशिक्षक जिनेदिन जिदानले करिम बेन्जामेलाई पहिलो गोल गर्न सहायकको भुमिका खेलेका ग्यारेथ बेल रियलमै रहने समेत बताएका छन। बेल र जिदानको सम्बन्ध सुमधुर नुहुँदा रियलले बेललाई बेच्ने तयारी समेत गरिसकेको थियो।

बेन्जेमाले बेलको पासमा रियललाई अग्रता दिलाएका थिए। टोनी क्रुसले २५ यार्डबाट सनसनीपूर्ण गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए। त्यसअघि डानिस सुआरेजसँग भिड्दा लुका मोड्रिज भने रातो कार्ड पाउँदै बाहिरिएका थिए।

१० खेलाडीमा सीमित भएपनि लुकास भान्जक्युजले रियलका लागि तेस्रो गोल गरे। यस्तै इञ्जुरी समयमा इल्कार लोसाडाले गोल गर्दै सेल्टाको हारअन्तर ३–१ मा घटाएका थिए।

Featured