देश

यस्तो छ आजदेखि तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौं, भदौ १-आज देखि तीन दिन अर्थात् मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली रही पूर्व र पश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र १ गते आइतबार
दिउँसो : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश स्थानमा र पूर्वी र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पश्चिमी तथा पूर्वी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २ गते सोमबार
दिउँसो : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पूर्वी तथा मध्य भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका अधिकाश स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका मध्य र पश्चिमी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३ गते मंगलबार
दिउँसो : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानमा तथा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पूर्वी तथा मध्य भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश तथा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पूर्वी भूभागका थोरै स्थानमा र मध्यका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।