देश राजनीति

पूर्वमन्त्री मण्डलद्धारा जहदा गाउँपालिकालाई राहत हस्तान्तरण

विराटनगर, जेठ १४-पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले जहदा गाउँपालिकालाई राहत हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका परिवारलाई वितरण गर्न गाउँपालिकालाई ५ हजार केजी चामल हस्तान्तरण गरेका हुन् ।

लामो समयदेखि जारी बन्दा बन्दीले जिवनयापनमै समस्या पर्दै गएकाले विपन्न तथा ज्यालादारी मजदुरका परिवारका लागि गाउँपालिकालाई राहत हस्तान्तरण गरेको सांसद मण्डलका सचिवालयका सदस्य मो. रेहानले जानकारी दिए ।

Featured