देश

रिसोर्टमा युवतीको मृत्यु

डडेल्धुरा, १४ जेठ-डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा १ युवती मृत भेटिएकी छिन् । प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको शंकास्पद मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका-७ सल्लागाँउकी अन्दाजी २१ वर्षीया निर्मला बोहरा बुधबार बिहान रिर्सोटमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनी अमरगढी नगरपालिका-८ मा रहेको रातो गुराँस रिसोर्टको बाथरुममा कपडा झुण्ड्याउने मसिनो ह्याङ्गरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बिहान रिसोर्टबाट जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान भइरहेको बताए ।

Featured