देश

मृतक वडा अध्यक्ष र ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

धनगढी, १४ जेठ-कैलाली र कञ्चनपुरका मृतक २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो । बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा उनको स्वाब संकलन गरिएको थियो । अस्पताका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार उनको रिपोर्ट नेगेटिभ आएको छ ।

सेती अस्पतालको आइसुलेसनमा बसेका कैलाली गौरी गंगा नगरपालिका–७, कैलालीका ५५ वर्षीय पुरुषको बुधबार बिहान ६ बजे मृत्यु भएको थियो । उनको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ । उनको छारे रोगको कारण ज्यान गएको बताइएको छ ।

Featured