देश राजनीति

प्रदेश १ को आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रणमा केन्द्रित हुने

विराटनगर, १४ जेठ-आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण गर्ने, राहत र पुनर्स्थापनामा केन्द्रित हुने भएको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामि आर्थिक वर्ष ०७७/७८ को बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण गर्ने , पुनर्स्थापना र राहतमा केन्द्रित हुने बताएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री र आङ्वोले संरचनागत व्यवधान न्यूनीकरण, रोजगारीमार्फत आर्थिक विकास गरिने पनि बताए । उनले प्रदेश सरकारले तल्लो तहका जनताको आत्मसम्मान हुने किसिमका नीति तथा कार्यक्रम सरकारले ल्याउने दाबी पनि गरे ।

Featured