देश

नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका ७ जनाले जिते कोरोना

काठमाडौं, ११ जेठ-नारायणी उपक्षेत्रीय अस्पतालबाट आज आइतबार ७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किन सफल भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

योसँगै कोरोना संक्रमणबाट मुक्ति पाएर डिस्चार्ज हुनेको संख्या ८७ जना पुगेको छ । त्यसैगरी, बुटवलको धागो कारखानामा रहेका १० जना पनि पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज भएका छन् ।

हालसम्म ४२ जिल्लामा ६०३ जना कोरोना संक्रमित रहेका थिए । आज नारायणी अस्पतालबाट डिस्चार्ज हुनेमा बारा, पर्सा र रौतहटका २४ देखि ५१ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Featured