देश

सुदूरपश्चिममा थप एक जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा, ११ जेठ-सुदूरपश्चिम प्रदेशमा थप एकजनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा थप एकजनामा कोरोनाको संक्रमण देखिएको हो।

आइतबार भेटिएका  संक्रमित अछामको मेल्लेख गाउँपालिका–४ का ३२ वर्षीय पुरुष रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनी जेठ ८ गते गौरीफन्टा नाकबाट फर्किएका थिए। सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आईसोलेसनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था समान्य रहेको छ । यो सँगै प्रदेशभरी संक्रमितको संख्या १५ पुगेको छ।

Featured