देश

कालीमाटी वृत्तका २ सय ३१ प्रहरीको नमुना संकलन 

काठमाडौं, ११ जेठ-महानगरीय प्रहरी वृत्त कालीमाटीका सबै प्रहरीको आज (आइतबार) कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको छ । गत बुधबार वृत्तमा कार्यरत २ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएपछि बाँकी प्रहरीको आज परीक्षण गरिएको हो । वृत्तमा कार्यरत प्रहरीसहित वृत्तभित्रकै अर्को ट्राफिक प्रहरी प्रभाव र महिला सेल गरी २ सय ३१ जनाको कोरोना परीक्षण भएको वृत्तका डीएसपी रुगम कुँवरले बताए ।

चिकित्कले केही समय पर्खेर परीक्षण गर्दा प्रभावकारी हुने बताएपछि उनीहरूको केही दिन ढिला परीक्षण भएको हो । आज परीक्षण गरिएको कालीमाटी प्रहरीको रिपोर्ट २ दिनपछि आउनेछ ।

यसअघि बुधबार संक्रमित भएका प्रहरी नायव निरीक्षक र जवान बस्ने बानेश्वर र ललितपुरको घरसमेत सिल गरेर उनीहरूको सम्पर्कमा आएका समेतकाे परीक्षणका लागि नमुना संकलन गरिएको छ ।  हालसम्म कोरोना नियन्त्रका लागि खटिएका ५ प्रहरीसहित १२ जना सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन ।

Featured