देश

बाँकेको नरैनापुरमा राति ८ बजेदेखि निषेधाज्ञा, सेना परिचालन गरिने

बुटवल, ११ जेठ-प्रदेश ५ को अति विकट मानिने बाँकेको नरैनापुरमा कोरोना संक्रमण रोकथामका लागि सेना परिचालन गरिने भएको छ । गाउँपालिकाले शनिबार मात्र कोरोना संक्रमण फैलिन सक्ने र स्थित भयावहक हुने भन्दै थप सुरक्षाकर्मी र स्वास्थ्यकर्मी माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्राचार गरेको थियो ।

आज जिल्ला सुरक्षाको बैठकले नरैनापुरमा राति ८ बजे देखि निषेधाज्ञा जारी गर्ने र सेना परिचालन गर्ने निर्णय गरेको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले नरैनापुरमा भइरहेको अवस्थालाई ध्यानमा राख्दै सेना परिचालन गर्ने निर्णय भएको जानाकारी दिए ।

Featured