देश

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १२ जना

काठमाडौं, ११ जेठ-नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ६ सय ३ जना पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश–५ मा ७ जना संक्रमित थपिएका छन् भने १२ जना अन्य प्रदेशका छन् ।

Featured