विदेश

रुसमा फेरी साढे ८ हजार नयाँ संक्रमित थपिए

मस्को, जेठ ११–रुसमा फेरी साढे ८ हजार नयाँ कोरोना संक्रमित फैलिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा रुसमा ८ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका हुन् ।

यो सँगै रुसमा रुसमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ४४ हजार ४ सय ८१ पुगेको छ । जस मध्ये ३ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ भने १ लाख १३ हजार २ सय ९९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४१ जना रहेको छ भने २३ जनाको चिन्ताजनक अवस्थामा उपचार गराई रहेको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख छ ।

Featured