देश

असई कार्कीले कन्चटमा गाेली हानेर आत्महत्या गरे

काठमाडौं, ११ जेठ-प्रहरी सहायक निरीक्षक (असई)  विष्णुप्रसाद कार्कीले आत्महत्या गरेका छन् । स्वयम्भू प्रहरी बिटमा कार्यरत असइ कार्कीले आफैले बोकको पेस्तोलले दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।

आइतबार विहान उनी बिटमै मृत अवस्थामा भेटिएका थिए । कार्कीले के कारणले आत्महत्या गरे, त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमा केसीले जानकारी दिए । कार्की सोही बिटका इन्चार्जका रुपमा २०७५ साल बैशाख देखि कार्यरत थिए ।

Featured