देश

नाइके परिवर्तनको माग गर्दै कैदीको नाराबाजी 

काठमाडौं, ११ जेठ-डिल्लीबजार कारागारका कैदी, प्रहरी र कारागार प्रशासनवीच बार्ता चलेको छ । कारागार भित्रका कैदीहले कारागारका आन्तरिक प्रशासन हेर्ने मुख्य नाइके परिवर्तनको माग गर्दै कारागार भित्रै नाराबाजी गर्न थालेपछि वार्तामा बस्नु परेको हो ।

कारागारका अन्य कैदीहरुको माग अनुसार नाइने परिर्वतन गर्ने विषयमा छलफल चलिरहेको महानरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

आइतबार बिहानै डिल्ली बजार कारागारका कैदी र नाइके विच झडप समेत भएको थियो । झडपमा परी एक जना कैदी घाइते समेत भएका छन् । उनको बीर अस्पतालमा उपचार भइरहेको छ ।

हाल डिल्लीबजार कारागारमा डा.उपेन्द्र देवकोटाकी छोरीको अपहरणको घटनामा कैद भुक्तान गरिरहेका गोकुल गिरी मुख्य नाइके छन् ।

लकडाउनका बेला कैदीका आफन्त कोही पनि भेट्न कारागार नपुग्ने र उनीसँग रुपैयाँको अभाव भएकै बेला कारागारभित्र रहेको क्यान्टिनमा समेत उधारो खान बन्द गराएपछि उनीहरुले नाइकेमाथि आक्रमण गरेका हुन् । काठमाडौं प्रहरी परिसरले एसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा ठूलो मात्रमा प्रहरी डिल्लीबजार कारागार वरिपरी परिचालन गरेको छ ।

Featured