देश राजनीति

बजेट बनाएर सुझाव माग्न सचिवालय बैठक बोलाउनुको अर्थ छैनः प्रवक्ता श्रेष्ठ 

काठमाडौं, १० जेठ-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरूले असन्तुष्टि पोखेका छन् । पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारले बजेट बनाएपछि सुझावको लागि सचिवालय बोलाउनुको कुनै अर्थ नभएको बताएका छन् ।

ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरे पनि ठोस निर्णय भने केही हुन नसकेको सहभागी एक सचिवालय सदस्यले बताए ।

‘सरकार र पार्टीको तालमेल नै मिलेको छैन । अझप्रधानमन्त्री नै अनुपस्थित भएपछि बैठक आआफ्ना कुरा राख्ने मात्र बन्यो’, ति सदस्यले भने, ‘सरकारले बजेट बनाइ सकेपछि सुझवा दिन बोलाए जस्तो भएपछि प्रवक्ताले आपत्ती जनाउनुभयो । कार्यदलले दिएको सुझाव अनुसार नै एमसीसी पास हुनुपर्ने धारणा अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले धारणा राख्नुभयो ।’ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेका थिए ।

Featured