विदेश

पाकिस्तानको कराँची जेलमा ३ सय कैदी सङ्क्रमित

पाकिस्तान १० जेठ-पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै ३ सयभन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरू जानकारी दिएका छन् ।

शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा सङ्क्रमण फैलिएको बताइएको छ । कारागारका अधिकारीहरुले सङ्क्रमित र सङ्क्रमण नभएका कैदीहरूलाई अहिले छुट्टा छुट्टै राखिएको जानकारी दिएका छन् ।

तीव्ररूपमा सङ्क्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सबै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परीक्षण गरिएको छ । कारागारमा पहिलो सङ्क्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो । त्यसपछि अरू केही व्यक्तिहरूमा देखिएको थियो ।

अहिले त्यो दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । शनिबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

Featured