देश

मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

विराटनगर, १० जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनरीकै देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अन्सारी रहेका छन् ।

शनिबार दिउँसो साढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्जतर्फ जाँदै गेरको को २ प ८८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक अन्सारीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ब्राउसुगरसहित २ जना पक्राउ

झापाको बिर्तामोड नगरपालिका-५ बाट प्रहरीले लागूऔषध ब्राउसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-४ का २८ बर्षीय पवन चौधरी र २८ बर्षकै  महेश गुरुङ रहेका छन् ।

शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ५ ग्राम ब्राउन सु्गर बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका दुबै जनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Featured