विदेश

रुसमा एकैदिन साढे ९ हजार कोरोना संक्रमित थपिए

मस्को, जेठ १०–रुसमा एकैदिन साढे ९ हजार जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा मात्र रुसमा ९ हजार ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वल्र्डोमिटरका अनुसार शनिबार दिउँसो सम्म रुसमा कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ८ सय ८२ पुगेको छ । जस मध्ये ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ । १ लाख ७ हजार ९ सय ३६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

रुसमा हाल २ लाख २४ हजार ५ सय ५८ जना उपचाररत छन् भने २३ सय जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । नेपालमा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएकोमा ३ जनाको मृत्युभएको छ भने ७० जनाले कोरोनालाई जितेका छन् । ५ सय ११ जना उपचाररत छन् ।

विश्वमा संक्रमितको संख्या ५३ लाख नाघेको छ । विश्वमा अहिले सम्म कोरोना संंक्रमितको संख्या ५३ लाख २७ हजार ४ सय ६० पुगेका छ । जस मध्ये ३ लाख ४० हजार ४ सय ११ को मृत्यु भएको छ । २१ लाख ७५ हजार ५४ जना निको भएका छन् भने २८ लाख ११ हजार ९ सय ५५ जना सक्रिय संक्रमित छन् ।

Featured