देश मनोरंजन राजनीति

चलचित्र विकास बोर्डको अध्यक्षका लागि भीमा मैनालीले दिइन् आवेदन

काठमाडौं, १० जेठ-चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि नेपाल सरकारले दरखास्त आह्वान गरेकोमा १ महिलासहित ९ जना चलचित्रकर्मीहरूले आवेदन दिएका छन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको गत २९ मंसिरमा निधन भएपछि सो पद रिक्त रहँदै आएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको हो । सो पदका लागि महिलातर्फबाट भगवती (भीमा) मैनालीले पनि आदेवन दिएकी छन् । लामो समयदेखि चलचित्रको क्षेत्रमा लागेकी उनी अध्यक्ष पदका लागि आफू योग्य भएको दाबी पनि गरेकी छन् ।

उनी भन्छिन्– ‘चलचित्र क्षेत्रमा लागेको धेरै समय भयो । चलचित्र विकास बोर्डको अध्यक्ष भई चलचित्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धताका साथ मैले आवेदन पेस गरेकी छु ।’

सानैदेखि विद्यार्थी राजनीतिमा रही विभिन्न सांस्कृतिक तथा सचेतनामूलक कार्यक्रमहरूमा सक्रिय रहँदै तत्कालीन अनेरास्ववियूका विभिन्न कमिटीमा रहेर कार्य गरिसकेकी छन् । उनले २०५४ सालमा मकवानपुरबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोे संगठित सदस्यता लिएकी थिइन् भने पार्टीको पक्षमा निरन्तर उभिँदै आएको पनि देखिन्छ ।

Featured