विदेश

पाकिस्तानमा विमान खस्दै गरेकाे सीसीटिभी फुटेज

एजेन्सी, जेठ १०-पाकिस्तानकाे राष्ट्रिय एयरलाइन कम्पनी पीआइएकाे एक विमान शुक्रवार कराची एयरपोर्ट नजिकै दुर्घटना भएकाे थियाे । विमानमा चालक दलका सदस्यसहित कुल ९९ यात्रु थिए । दुर्घटनामा परी अहिलेसम्म ९७ जनाकाे मृत्यु पुष्टि भएकाे छ ।

२ जनाकाे भने जीवितै उद्धार गरिएकाे छ । याे विमान कराचीमा ल्याण्ड हुन लागेकाे थियाे । विमान रिहायशी क्षेत्रमा खसेकाे थियाे । उक्त विमान लाहौरबाट आइरहेकाे थियाे । बीबीसीका अनुसार विमान दुर्घटनाकाे सीसीटिभी फुटेज बाहिर आएकाे छ ।

Featured