विदेश

ट्रम्पले खाइरहेको औषधिबाट कोरोना संक्रमितको मृत्यु हुने खतरा बढी 

एजेन्सी, जेठ १०-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थियो ।

सो औषधिबारे विज्ञानसम्बन्धी शोध पत्रिका लेसेटले आफ्नो अनुसन्धानमा कोरोना संक्रमित विरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन दिइएमा विरामीको मृत्यु हुने खतरा बढी हुने पाइएको जनाएको छ ।

अध्ययनमा मलेरिया (औलो) को यो औषधिबाट बिरामीलाई कुनै फाइदा नहुने पाइएको छ । ट्रम्पले एक साताअघिमात्र आफूले कोरोनाबाट जोगिन मलेरियाको औषधि सेवन गरिरहेको बताएका थिए । स्वास्थ्य अधिकारीहरुले यसबाट मुटुको समस्या बढ्नसक्ने चेतावनी दिएका छन् ।

ट्रम्पले भने मेडिकल अनुसन्धानलाई समेत उपेक्षा गर्दै यो औषधि प्रयोगमा प्रोत्साहन गर्दै आएका छन् । हाइड्रोक्सिक्लोरोक्विन मलेरियाका रोगीका लागि सुरक्षित छ भने लुपस र आर्थ्राइटिसका केही बिरामीका लागि लाभकारी छ ।

तर कोरोना संक्रमितलाई क्लिनिकल परीक्षणका लागि यो औषधि प्रयोग गर्न सिफारिस गरिएको छैन । द लेसेटको अध्ययनमा कोरोना भाइरसका संक्रमित ९६ हजार बिरामीलाई सामेल गरिएको छ ।

जसमध्ये १ हजार ५ सय विरामीलाई हाइड्रोक्सिक्लोरोक्विन केहीलाई क्लोरोक्विन दिइएको थियो । यो औषधि अर्को एन्टिबायोटिक या यो मात्र औषधि दिइएको थियो ।

यो अध्ययनमा अन्य विरामीको तुलनामा यो औषधि खाने बिरामीको बढी मृत्यु भएको छ र उनीहरुमा मुटुको समस्या देखिएको छ । हाइड्रोक्सिक्लोरोक्विन दिइएका बिरामीहरुको मृत्युदर १८ प्रतिशत पाइएको थियो भने १६.४ प्रतिशत छ । यो औषधि नदिइएका बिरामीको मृत्युदर ९ प्रतिशत रहेको छ ।

Featured