देश

चन्द्रागिरीका ६५ जनामा आरडीटी पोजिटिभ

काठमाडौं, १० जेठ-चन्द्रागिरी नगरपालिकाका ६५ व्यक्तिमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएसँगै उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरीका विभिन्न व्यक्तिको आरडीटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजिटिभ देखिएको जानकारी दिए । ‘विभिन्न जिल्लाबाट बन्दाबन्दीपछि चन्द्रागिरी प्रवेश गरेका व्यक्तिमा आरडीटी परीक्षण गर्दा उनीहरूमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको हो’ उनले भने ।

चन्द्रागिरीले ५६ लाई मनमोहन अस्पताल दहचोक, चारलाई नैकाप पार्टी प्यालेस, तीनलाई मंगल माध्यामिक विद्यालय, एकलाई चन्द्रागिरी कटेज र १ जनालाई होम क्वारेन्टाइनमा राखेको छ ।

चन्द्रागिरी क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं ८ का अध्यक्ष सन्तोष खड्काको संयोजकत्वमा रहेको समितिले क्वारेन्टाइनभित्रको खाना, स्वास्थ्य, शौचालय, फोहोर व्यवस्थापनको काम गर्दै आएको छ ।

Featured